Featured Post Today
print this page
Latest Post

रोगबाट बच्ने र सरीर तन्दुरुस्त राख्ने केही घरेलु टिप्स

रोगबाट बच्ने र सरीर तन्दुरुस्त राख्ने केही घरेलु टिप्स 
 केही स्वास्थ्य समस्या यस्ता हुन्छन् जसको उपचारका लागि डाक्टरकहाँ धाइरहनु पर्दैन । घरेलु विधिद्वारा घरमै ती समस्या निदान गर्न सकिन्छ । मात्र त्यसका लागि घरेलु उपचार पद्धतिको ज्ञान, सावधानी तथा व्यक्तिगत स्वास्थ्यमा ध्यान दिनुपर्दछ । केही खाद्य पदार्थ वा वस्तुहरु यस्ता छन् जसको नियमित सेवन गरिएमा विभिन्न खालका रोगहरु आफै निको हुन्छन् र त्यस्ता पदार्थको सेवनले रोगको रोकथाममा पनि सहयोग पूराउँछ । 

· -यदि तपाइँको सरीरको कुनै भाग सुन्निएको छ, जोर्नी दुखेको छ वा सरीरको कुनै भागमा पीडा महसुस भैरहेको छ भने दिनहुँ तातो दूधमा बेसार मिलाएर पिउने गर्नुहोस् । यसले दुखाइ कम गर्न तथा सुन्निएको भाग निको हुन सहयोग गर्छ ।

 - वजन घटाउन चाहनुहुन्छ ? छाला तथा कपाललाई स्वस्थ बनाउन चाहनुहुन्छ ? उच्च रक्तचाप तथा मधुमेह लगायतका रोगबाट बच्न चाहनुहुन्छ ? यदि त्यसो हो भने दिनहुँ गि्रन टी सेवन गर्नुहोस् ।

 - स्ट्रबेरी, किम्बु तथा काफल लगायतका फलको नियमित सेवनले तपाइँको मृगौला स्वस्थ राख्न मद्दत गर्छ । यसले मुत्र प्रणालीमा हुने विभिन्न खाले संक्रमण समेत रोक्न सहयोग पूराउँछ ।

 - दिनहुँ ओखर तथा बदामको सेवन गर्नाले सरीरमा पर्याप्त उर्जा आपूर्ति हुन्छ । यसले तन्दुरुस्ती बढाउन मद्दत गर्नुका साथै यौन क्षमता तथा स्मरण शक्तिको वृद्धिमा पनि सहयोग पूराउँछ ।

दमौली तनावग्रस्त,१० राउन्ड हवाई फायर (दर्जनभन्दा बढी घाइते) भिडियो खबर

 तनहुँ, चैत्र १६ । लागूऔषध सेवन गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका एक युवकको अस्पतालबाट भाग्ने क्रममा भीरबाट खसेर मृत्यु भएपछि मृतकका आफन्तहरुले तनहुँमा पृथ्वी राजमार्ग अवरुद्ध पारेका छन् । मृतकका आफन्त र प्रहरीबीच ढुंगा हानाहान भएको छ। प्रहरी नियन्त्रणमा रहेका पोखरीभञ्ज्याङ-४ का २२ वर्षीय सुजन तामाङ बिहीबार राति दमौली अस्पतालको परिसरबाट भाग्ने क्रममा भिरबाट खसेर घाइते भएका थिए। उनको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। प्रहरीले तामाङको हत्या गरेको आरोप लगाउँदै मृतकका आफन्त विरोधमा उत्रेका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन १० राउन्ड हवाइ फायर गरेको छ । दोहोरो झडपमा परी दर्जनभन्दा बढी घाइते भएका छन्। हेर्नुस भिडियो खबर ..

 

Nidharai Maa Lekhesi By Ramji Khand and Krishna Gurung

Nidharai Maa Lekhesi By Ramji Khand and Krishna Gurung

 

मलालाले लेख्दैछिन आत्मकथा

 महिला शिक्षाको अभियान चलाउँदा तालिबानी आक्रमणको निशाना बनेकी पाकिस्तानी युवती मलाला यूसुफजईले आफ्नो अनुभवलाई समेटेर किताब लेख्ने भएकी छिन् । यसका लागि उनले करिव ३ लाख अमेरिकी लडरको सम्झौतामा हस्ताक्षर गरेकी छिन् । महिला शिक्षाको अभियान चलाएको भन्दै तालिबानले मलालालाई कबायली इलाकाको स्वातमा आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएकी उनलाई बेलायतमा सघन उपचार गरी ज्यान बचाइएको थियो ।


 किताबमा आफ्नो मात्र नभई स्कुल जान नपाएकी करोडौं युवतीहरुको कथा उतार्ने मलालाले बताएकी छिद्धन् । किताबको नाम आई एम मलाला अर्थात ‘म मलाला हूँ’ रहेको छ । किताव यसै वर्ष प्रकाशित हुनेछ । किताबको प्रकाशक वाइडेनफेल्ड एण्ड निकोलसनले किताबले उनीमाथि भएको आक्रमणबारे बताउने बताएको छ । मलालाले भनेकी छिन्– ‘मलाई विश्वास छ कि यो किताब विश्वभरका मानिसहरु समक्ष पुग्नेछ । उसले उनीहरुलाई थाहा हुनेछ कि केही बच्चालाई शिक्षा पाउन कति मुश्किल छ ।’ शिक्षाबाट बञ्चित ६ करोड बालबालिकाको कथा उतार्ने भन्दै उनले भनेकी छिन्–‘म हरेक युवा युवतीलाई स्कुल जाने अधिकार दिने अभियानको हिस्सा बन्न चाहन्छु ।’ मलाला पछिल्लो दिनमा बेलायतको बर्मिङ्घममा उपचारसँगै अध्ययनमा व्यस्त छिन् ।

पदाधिकारीका लागि एमाओवादीमा हानाथाप प्रचण्ड फेरि अल्पमतमा पर्ने खतरा

१६ चैत, काठमाडौं । केन्द्रीय समितिलाई पूर्णता दिने समय नजिकिँदै जाँदा एकीकृत नेकपा माओवादीभित्र उपाध्यक्ष र सचिव पदका दाबेदारहरुको संख्या बढ्न थालेको छ । ३ सय ९९ सदस्यीय केन्द्रीय समितिमा दुईभन्दा बढी सचिव रहने विधानमा व्यवस्था छ । शनिबार बस्ने बैठकले पदाधिकारी र केन्द्रीय सदस्यहरुको टुंगो लगाउने एमाओवादीले जनाएको छ । हेटौडा महाधिवेशनपूर्व पार्टी फुट्नुअघिको केन्द्रीय समितिमा सीपी गजुरेल र पोष्टबहादुर बोगटी सचिव हुनुहन्थ्यो । गजुरेल वैद्यपक्षमा लागिसक्नुभएको छ भने बोगटी महाधिवेशनबाट महासचिव बन्नुभएको छ । त्यसैगरी पहिले ३ जना उपाध्यक्ष रहेकोमा वैद्यको ठाउँ अहिले पनि खाली रहेको छ । पदाधिकारीलाई पूर्णता दिनका लागि अब एमाओवादीले घटीमा एक उपाध्यक्ष र तीनभन्दा बढी सचिवहरुको मनोनयन गर्न बाँकी छ । 

स्रोतअनुसार बरियताको हिसावले एमाओवादीमा अमिक शेरचन उपाध्यक्षका दाबेदार हुन् भने कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी र वर्षमान पुन सचिवका दाबेदार हुन् । लीलामणि पोखरेलसमेत पदाधिकारीका दाबेदार भए पनि बरियतामा उनीभन्दा अघि चारजना नेता रहेकाले पोखरेल दौडमा पछाडि छन् । मधेसी नेताहरुले एक जना सचिव मागेका छन् । मधेसी कोटाबाट सचिव बनाउने स्थितिआए प्रचण्ड निकट पूर्व एकता केन्द्रका नेता विश्वनाथ शाह त्यसका दावेदार हुन् । पदाधिकारीका दाबेदारमध्ये पाँचैजना अध्यक्ष प्रचण्डका भरपर्दा सारथी होइनन् । एकताकेन्द्रबाट आएका अमिक शेरचन आफैं प्रचण्डको नभई अलग्गै गुटका नेता हुन् । 

सचिवका दाबेदार महरा विगतमा प्रचण्डका विश्वासपात्रका रुपमा रहे पनि वैद्य र प्रचण्डलाई मिलाउने भन्दै मध्यमार्गी धारको नेता बनेपछि कतिपयले उनलाई वैद्यनिकट भएको र विप्लवसँग भित्री साँठगाँठ रहेको आरोप लगाउने गरेका छन् । एकताकेन्द्रबाटै आएका गिरिराजमणि पोखरेल नारायणकाजी श्रेष्ठका दाहिने हात भएकाले उनी पनि प्रचण्डका विश्वासपात्र होइनन् । सचिवका अर्का दाबेदार टोपबहादुर रायमाझी त झनै डा. बाबुराम पक्षमा खुलेरै लागेकाले उनीबाट प्रचण्डलाई भर हुने स्थिति छैन । शेरचनदेखि वर्षमानसम्मको टीमलाई हेर्दा प्रचण्ड नयाँ बन्ने पदाधिकारी कमिटीमा प्रचण्ड कुनै पनि बेला अल्पमतमा पर्नसक्ने स्थिति देखन्छि । तीन उपाध्यक्ष र तीन सचिवमात्रै बनाइयो र बरियतालाई आधार मानियो भने वर्षमान पुन छुट्न सक्छन् । यो अवस्थामा प्रचण्डको पक्षमा उनी आफू र बोगटीमात्रै रहने स्थिति छ । विगतमा पार्टी फुट्नुअघि वैद्य र भट्टराईपक्ष मिल्दा पदाधिकारीमा प्रचण्ड अल्पमतमा परेका थिए ।

 वैद्य, बाबुराम, वादल र सीपी गजुरेल एकातिर लाग्दा प्रचण्डको पक्षमा उनी, नारायणकाजी र पोष्टबहादुर बोगटीमात्रै थिए । गुरुलाई उछिन्ने चेलाको दाऊ धेरैजना सिनियरहरुलाई पछि पार्दै प्रचण्डद्वारा नेतृत्वमा तानिएका पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्त बरिष्तामा कनिष्ठ भए पनि सबैभन्दा बरिष्ठ सचिव बन्ने दौडमा लागेको एमाओवादी स्रोत बताउँछ । यसक्रममा आफ्नै गुरु कृष्णबहादुर महरालाई भन्दा आफूलाई अगाडि राख्नुपर्ने भन्दै अनन्तले महत्वाकांक्षा प्रकट गर्न थालेको एमाओवादी नेताहरुको आरोप छ । महाधिवेशनमा महासचिव र हाल सचिवको दौडमा रहेका कृष्णबहादुर महरा र सचिवका दाबेदार वर्षमान गुरु र चेला हुन् । रोल्पामा शिक्षक हुँदा महराले पढाएका अनन्त आफ्ना गुरुलाई उछिनेर बरिष्ठ सचिव बन्ने होडमा लागे पनि पछिल्लो समयमा प्रचण्डले उनीप्रति कम भर गर्न थालेको स्रोत बताउँछ ।

रहस्यमय बन्दै मलेसिया घटना(दूतावासको विशेष टोली गठन)भिडियो खबर

रहस्यमय बन्दै मलेसिया घटना(दूतावासको विशेष टोली गठन)भिडियो खबर 
 हालै जोहोर बाहरु मलेसियामा घटेको घटना जे भएपनी निन्दनीय नै छ ! उक्त घटनामा भएको कुटपिट घटनाको स्थलगत अध्ययन गर्न नेपाली दूतावासले विशेष टोली परिचालन गरेको छ । घटनाको तथ्य सार्वजनिक गर्न तीन कर्मचारी खटाइएको कार्यवाहक राजदूत लेखनाथ भट्टराईले बताए । ‘उहाँहरूले त्यहाँ कार्यरत नेपालीको नामावली संकलन गर्दै पहिचान गरिरहनुभएको छ,’ भट्टराईले भने, ‘जतिसक्दो छिटो विस्तृत विवरण सार्वजनिक गर्छौं ।’ आइतबार स्थानीय युवाको समूहले यहाँस्थित एक होस्टलमा पसेर नेपाली र विदेशी कामदारमाथि आक्रमण गरेको थियो । अहिले उक्त होस्टलमा सुरक्षा व्यवस्था मिलाइएको दूतावासले जनाएको छ ।

 सोमबार बिहान घटनास्थल पुगेको दूतावास टोलीले त्यहाँ घाइते नेपाली, प्रत्यक्षदर्शी, कम्पनी एवं प्रहरी प्रशासनलगायत विभिन्न पक्षसित सोधखोज गरिरहेको छ । त्यहाँ बस्ने नेपालीका अनुसार विभिन्न ३ कम्पनीले आफ्ना कामदार त्यहाँबाट सारिसकेका छन् । होस्टल परिसरमा नेपाली अझै त्रसित भएकाले सुरक्षा व्यवस्था मिलाइएको दूतावासले जनायो । आक्रमणमा घाइते भएपछि अस्पताल भर्ना भएका सामरी-४ नुवाकोटका राजु विश्वकर्मा बुधबार डिस्चार्ज भएका छन् । बायाँ खुट्टा भाँचिएको र निधारमा गहिरो चोट लागेका उनको उपचारखर्च कम्पनीले बेहोरेको दूतावासले बतायो । अर्का घाइते मोहमदपुर-४ रौतहटका रामलाल साहको हात र खुट्टा भाँचिएको छ । अस्पतालले आगामी अपि्रल ५ मा उनको शल्यक्रिया गर्ने तयारी गरेको छ । भिडियो समाचार हेर्न तल क्लिक गर्नुस्... 

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger