Featured Post Today
print this page
Latest Post
Showing posts with label कबीता. Show all posts
Showing posts with label कबीता. Show all posts

बिछोड...


मलाई आसुको उपहार होइन हासो देउ तिमीले नै भन्थ्यौ
तर आज तिमीले तेही बचन किन फिर्ता लियौ।

झुटा रहेछन तिम्रा त्यी बाचाकशम गयौ डाँडै काटी
आखिर के नै गल्ती थियो र हान्यौ बार्ण मेरो प्रेम माथि।

मैले त जूनी-जुनी माया गर्छु भनी मेरो दिलमा सजाउने गर्थे
एदी धोका दिनु नै थियो भने किन तिम्रो भर पर्थे|

बीछोडका पलहरुले कती चोट दिन्छन तिमी धोकेबाजलाई के नै थाहा हुन्छ र
म त डुब्न लागेको सुर्यको साथी बनिसकेको छु अब तिमीले मेरो नपर्नु भर।

तिमीले साथ छोडेपछी सबै खुशी उडी गयो छैन मनमा बाच्ने रहर
माया गर्छु भनी आखिर किन दियौ बिश्वाश्घातको उपहार।

सकिन मैले बुझ्न तिम्रो मायालाई स्वार्थी रहेछ पैसामा किन्न खोज्यौ
तर म चाहन्न सम्पत्ती तिमीले भने मलाई त्यागी सम्पत्ती नै रोज्यौ।

दिन्छु भन्थ्यौ अन्तिम घडीसम्मा साथ मेरो हात समाएर
तर आज आधा घडीमै छाडि गयौ पराइको डोलिमा हासी-हासी रमाएर।

आसुको धाराले बलेनी भिजेको छ छैनन कोही पुछिदिने कसरी थामु
साथीसङिनिसँग भन्छेउ अरे घिर्णा लाग्छ रे गए भने म तिम्रो सामु।

फूल सोचेको थिए तिमीलाई तर काडा बनी मुटुभित्र घोच्यौ किन
सहेद एही थियो होल मेरो मायाको पारीक्ष्या सकिन पास हुन।

मेरो गाऊको बेदना...

गाऊ छोडी शहर पसियो मनमा रहर बोकेर
यिनै रहर बनेको छ आज मृत्युको जहर l

गाउबेशी गर्दै हिड्थे शिरको टोपीले पसिना पुश्दै
तैपनि खुसि थिए भित्रिमन रोए पनि हिड्थे बाहिर हास्दै l

मेलापातमा दिदीबहिनीले गाएको आउछ अझै झाजल्को
तर आज एक्लो भए कसलाई पोखु बेदना यो मनको l

हिजो राम र सीताका परिबारले पनि गाउ छाडे रित्तीदै छ अब गाऊ
मेटाउदै छौ किन हामि आफै बाजेबराज्युका पौरखी अनि उनीहरुका नाऊ l

परिवारले भन्छन गाऊ छाडौ तर मैले कसरि छाडू पुर्खाहरुको यी माटोलाई
सम्पत्तिको सपना त्यागी बरु बनाएको छु साथि सिस्नु र आटोलाई l

छिमेकीका साथीहरु सहर गइ धन कमाएर ल्याए
तर कतिले आफ्नो अंग गुमाए अनि कति रोगि बनेर आए l

गाउमै बसी खोले र आटो खादा म कति खुसि हुन्थे
तर केहि दिन गाउबाट अलग हुदा गहबाट आसु झार्थे l

काँधमा हलो बोकी अनि गोरु धपाउदै झर्थे म बेशीको ओरालो
अनि मेरी मायालु भेट हुन्थिन जादा खेरि बाटोमा गाइ गोठालो l
By: Kedar Adhikari


Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger