नेपाली सुगम संगितका चर्चित गायक रामकृष्ण ढकालको घरजग्गा लिलामीमा परेको छ । ढकालको घर लिलामीका लागि ललितपुरको एक सहकारीले आज ३५ दिने सुचना प्रकाशित गरेको छ । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएको ऋणको सावाँ, ब्याज र अतिरिक्त ब्याजको रकम पटक–पटक ताकेता गर्दा समेत नबुझाएपछि धितोमा रहेको घरसहितको जग्गा लिलामी गर्ने सुचना कान्तिपुर दैनिकमा छापिएको छ । गायक ढकालकी श्रीमती निलम शाह ढकालले उक्त सहकारीबाट ऋण लिएकी थिइन् ।
|