तालिम छोडेर भागे चार लडाकू, सेनाले वारेन्ट जारी गर्यो


२१ वैशाख, काठमाण्डौं । नेपाली सेनामा समायोजन रोजेका माओवादी लडाकुमध्ये चार जना कारबाहीमा परेका छन् । सेनामा प्रवेश भएपछि पूर्वलडाकूमाथि कारबाही भएको यो पहिलो पटक हो । सिपाही तहमा समायोजित लडाकु विवश आले, मीनबहादुर गुरुङ, विनोद चौलागाई र राजेश थापामगर सैनिक ऐनअन्तर्गत कारबाहीमा परेका हुन् । समायोजन प्रक्रिया प्रारम्भ भएदेखि दर्जा निर्धारणसम्मका गतिविधि अध्ययनपछि उनीहरुमाथि कारबाही प्रक्रिया सुरु भएको हो । सैनिक स्रोतका अनुसार लडाकुलाई तालिमका लागि छुट्टयाइएका सैनिक व्यारेकमध्ये कैलालीको धनगढी, तनहुँको खैरेनीटार र नुवाकोटको त्रिशूलीबाट उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।

 सेनाले तालिमका लागि प्रवेश गरेदेखि उनीहरुमाथि सैनिक ऐन लाग्ने स्पष्ट पारिसकेको छ । यी चारैजना माथि अन्तिम अवस्थामा बिनाकुनै कारण र जानकारी तािलम छाडेर हिँडेको कसुर लागेको छ । आले धनगढी, गुरुङ र चौलागाई खैरेनीटार तथा मगर त्रिशूलीस्थित सैनिक व्यारेकमा तालिम गर्दै आएका थिए । व्यारेकबाट कुन बेला भागे भन्ने जानकारीसमेत नभएका उनीहरुलाई पक्राउपुर्जी जारी गरिएको अन्नपूर्ण पोष्टमा खबर छ । सैनिक प्रवक्ता सहायक रथी सुरेश शर्माले भगैर -भाग्ने) सिपाही जोसुकै भए पनि प्रहरीलाई पत्र लेखी पक्रन लगाइने बताए । उनले भने, ‘पक्राउपछि भाग्नुको कारणबारे विभागीय अनुसन्धान हुन्छ र सैनिक ऐनअनुसार कारबाही हुन्छ ।’
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger