युवतीको नागरिकतामा पुरुष

 तनहुँ, चैत्र १९ - जिल्ला प्रशासन कार्यालयको लापरबाहीले एक युवतीको नागरिकतामा पुरुष उल्लेख हुनुका साथै जन्ममितिसमेत गलत लेखिँदा उनले हैरानी पाएकी छन् । चैत ११ गते वितरण गरिएको नागरिकतामा पोखरीभञ्ज्याङ-३ की २३ वर्षीया पूजा विश्वकर्मालाई कम्प्युटरबाट निकालेर प्रदान गरिएको नागरिकता पुरुष र जन्ममितिमा २०६५ साल उल्लेख गरिएको छ । शाखा अधिकृत पदम लामिछानेले नागरिकता जारी गरेका थिए । नागरिकता फाँटका कम्प्युटर अपरेटर तेजनारायण तिवारी बिदामा बसेका बेला कार्यालयका अर्का कर्मचारीलाई कम्प्युटरमा खटाइँदा त्रुटि भएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताए । कार्यालयले त्रुटि भएको विश्वकर्माको नागरिकता सच्याएर आइतबार अर्को दिएको छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger