कस्तो अचम्म ! आमाको दुधबाट बन्न थाल्यो गहना...(तस्विर सहित)

बच्चाकालागी आमाको दुध निकै आवश्यक खाद्य पदार्थ हो । भर्खर जन्मिएका बच्चाले आफूलाई चाहिने पोषक पदार्थ आमाको दुधबाटै प्राप्त गर्ने गर्छन् । तर आमाको दुधलाई फरक कामका लागी पनि प्रयोग गर्न थालिएको छ । आमाको दुधबाट ब्रास्लेट तथा चेनहरू बनाउन थालिएको छ । सुन्दा अचम्म लाग्ला दुधबाट कसरी ब्रासलेट तथा चेनहरू बनाउन सकिन्छ । तर यहाँ यस्तै अचम्मको काम गरिएको छ । आमाको दुधबाट विभिन्न खालका गहना बनाउन थालिएको छ । 

विषेशगरी चेनहरूको निर्माणलाई प्राथमिकतामा राखिएको छ । बेलायतको एक रोडे नामको आइसल्याण्डमा आमाको दुधबाट गहना बनाउन थालिएको हो । उक्त गहनामा लकेट समेत राख्न सकिने र लगाएर हिड्न पनि सकिन्छ । उक्त गहनामा आफूले चाहेअनुसारको डिजाइन तथा त्यहाँ बच्चाको नाम या अन्य केहि लेख्न मन लागेको छ भने पनि सहजै लेख्न सकिन्छ । ती गहनाहरु मुटु, तारा, चन्द्रमा जस्ता तस्विरहरूको आकारमा समेत पाइन्छ । आमाको दुधबाट यसरी गहना बनाउँदा पहिले दुधलाई फ्रिज गरेर प्लाष्टिक जस्तै पदार्थमा विभीन्न प्रविधिका माध्यमले परिवर्तन गरिन्छ । यसरी प्लाष्टिकमा परिवर्तन भएको दुधलाई आवश्यकता अनुसार आकार दिने गरिन्छ । हेरौ आमाको दुधबाट बनेका केही गहनाका तस्विरहरू...

 

 

Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger