२६ चैत,काठमाडौ। आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अन्तिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले मुखले चुनाव भन्दैमा नहुने र चुनावका लागि प्रशस्त तयारी र वातावरण चाहिने बताएका छन्। उनले यसरी प्रचण्डलाई जवाफ दिन खोजेको बताइएको छ।
केही दिन यता असारमै चुनाव गराउनु पर्छ भन्दै प्रचण्डले सरकारमाथी दबाब सृजना गरेका थिए। एमाओवादी अध्यक्ष प्रचण्डले असारमा चुनावको मिति घोषणा गर्ने नसकेपछि मंसिरमा यो सरकारले चुनावको मिति घोषणा गर्न नपाउने सम्म को तर्क राखेपछि क्रुद्ध भएको भनिएका अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रचण्डलाई कडा जवाफ दिएको बुझिएको छ।
उनले आफू म न्यायीक पृष्ठभूमिको मान्छे भएको र मलाई थाहा छ
ढिलो न्याय दिनु न्याय नदिनु सरह हो तर त्यसो भन्दैमा सिघ्रताको नाममा अपरिपक्व काम गर्न भएन भन्दै उनले हतारमा चुनाव हुन नसक्ने बताए।
रेग्मीले सरकारले चाहेर मात्रै होइन् दलहरुको इमानदार सहभागिता आवश्यक भएको पनि बताए।
रेग्मीले वैद्य सहितका ३३ दलहरु प्रति इंगित गर्दे सबै दलको सहभागिता बिना संविधानसभाको निर्वाचन गर्न हुँदैन ,यो कानुन बनाउने चुनाव हो यसमा सबै सहभागी हुनु पर्दछ।
|