सबैभन्दा ठूलो अण्डा लिलामीमा

सबैभन्दा ठूलो अण्डा लिलामीमा 
 सबैभन्दा ठूलो अण्डा लिलामीमा विश्वको सबैभन्दा ठूलो अण्डा लिलाम हुने भएको छ । लण्डनस्थित क्रिस्टीको लिलामीघरमा यसलाई बिक्रीका लागि राख्न लागिएको हो । १३ या १४ औं शताब्दीमा माडागास्कारमा एलिफेन्ट बर्डले यो अण्डा पारेको बताइन्छ । १९ औं शताब्दीको अन्त्य वा २० औंको सुरुवातमा पुरातत्वविदहरुले यसको खोजी गरेका थिए । यो अण्डा ३० हजार पाउण्डमा बिक्री हुने अनुमान गरिएको छ । एलिफेन्ट बर्ड १३ देखि १७ औं शताब्दीको बीचमा लोप भएको थियो । यसको बैज्ञानिक नाम एपियोर्निस म्याक्सिमस हो । 

तर, एलिफेन्ट बर्डको नाम चिनिन्छ । यो अण्डा सामान्य कुखुराको अण्डाभन्दा १ सय गुणा ठूलो छ । यो २४ अपि्रलमा लिलामीमा राखिनेछ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger