
२८ फागुन, महोत्तरी । चियाँ पसलेसँग विवाद गर्दा नेकपा-माओवादीकी निवर्तमान सभासद बुधनीदेवी महतो आफ्नै गाउँ गौशालामा कुटिएकी छिन् ।
चिया खान गएको बेला गौशाला बजारमा महेन्द्र शाहले सञ्चालन गर्दै आएको चिया पसलमा महतोमाथि निर्घात कुटपिट भएको हो । उनको अनुहार र टाउकोमा चोट लागेको छ । समानुपातिक कोटामा सभासद बनेकी महतो गौशालकै स्थानियबासी हुन् ।
चिया खाने क्रममा पसलेले छिटै चिया खाएर टेबल खाली गर्न भनेपछि पसले शाह र सभासद महतोबीच विवाद भएको थियो । त्यहिक्रममा उहाँमाथि कुटपिट भएको र पछि प्रहरीले सुरक्षा दिएर इप्रका गौशालामा लगेको थियो ।
कुटपिटमा संलग्न रामजीवन साहलाई प्रहरीले पक्राउ गरेको छ भने पसल धनी र कामदारहरु पसल बन्द गरेर फरार भएका छन् ।