काठमाडौं,फागुन २८ । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्र परिसरमा होहल्ला गर्ने र अवैध लागुऔषधको कारोवार गर्ने १११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्र आसपासमा गाँजाको बेचविखन गरेको र त्यसको सेवन गरेको र लठ्ठ परेर बसेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी प्रभाग काठमाडौँका प्रमुख रणबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार अनावश्यक होहल्ला गर्ने, गाँजाको कारोवार गर्ने र दर्शनार्थीहरूलाई अभद्र व्यवहार गर्नेहरूलाई नियन्त्रणमा लिइएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नुस्...
|
|

