१७ बर्षीय किशोरले बनाएको एप याहुले करोडौँ पाउण्डमा किन्यो

इन्टरनेट क्षेत्रको अगुवा कम्पनी याहूले १७ वर्षीय बेलायती युवाले बनाएको मोवाइल एप्लिकेसन करोडौं पाउण्डमा किनेको छ । निक डी अलोसियोको कम्पनी समलीको यो एप्लिकेसनले बिभिन्न सञ्चारमाध्यमहरुको समाचार स्टोरीको सार पेश गर्छ । यो एप्लिकेसनलाई हालै याहुले किनेको छ । अब यो एप्लिकेसन बन्द हुनेछ भने यसका फिचर याहुको मोबाइल उत्पादनमा प्रयोग हुनेछ । कति रकममा यो डील सम्पन्न भयो भन्ने बारेमा केही पनि खुलाइएको छैन । यी युवाले अब याहुमै रोजगारी पाउनेछन ।

 साथै उनका केही स्टाफलाई पनि याहुले रोजगारी दिनेछ । डीओलोसियोले १५ वर्षको उमेरमा नै यो एपको शुरुवात गरेका थिए । परीक्षाका लागि पढाइ दोहोर्‍याउन उनले यो जुक्ति निकालेका हुन् । एक बेलायती पत्रिकासँगको कुराकानीमा उनले भनेका छन्-’म जुत्ता किन्न मन पराउँछु । नाइकको नयाँ ट्रेनर जुत्ता लिन्छु र शायद एक कम्प्युटर पनि किन्छु । तर, अहिले म बचत गर्न चाहन्छु । धेरै खर्च गर्दिन ।’ डीओलोसियो र उनका साथीहरुको आगमनप्रति आफूहरु निकै खुसी रहेको याहूका बरिष्ठ उपाध्यक्ष एडम काहानले भनेका छन् ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger