आगलागीमा परी बस्ती खरानी भएपछि पीडितको बिचल्ली भिडियो खबर

 राजविराज,फागुन २८ । आगलागीमा परी सप्तरीको रायपुर–९ स्थित मुसहर बस्ती खरानी भएपछि पीडितको बिचल्ली भएको छ । उनीहरूलाई खानाको व्यवस्था त परै जाओस्, घाँटी भिजाउने पानीसमेत पाउन धौधौ परेको छ । आगलागीमा घरमा भएको अन्नपातसँगै गाउँमा रहेका सम्पूर्ण ट्युबेल धारा समेत डढेपछि उनीहरूमा पीडा थपिएको छ । भएजति सबै खरानी भएपछि उनीहरू पिउने पानीको समस्याले थप पीडित भएका छन् । आगलागीमा गाउँमा भएका कल डढेपछि पानी लिनसमेत अर्को टोल धाउनुपरेको स्थानीयले बताए । घर डढेर खरानी भएपछि पीडित खुला आकाशमुनि रात कटाउन बाध्य भएका छन् ।
 भिडियो हेर्न तल क्लिक गर्नुस्....

 
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger