हामीकहाँ प्रहरीले केही दिनअघि ट्यापे, मुन्द्रे तथा चुल्ठेहरुले अपराध गरेको भन्दै केही दिनअघि कानमा कानमा मुन्द्रा लगाउने, झण्डै र्झन थालेको पाइन्ट लगाउने तथा लामो कपाल पाल्नेहरुलाई भकाभक पक्राउ गरेको थियो ।
यसको निकै विरोध पनि भयो । आफुले चाहेजस्तो कपाल पाल्न नपाउने देश नेपाल मात्र हो की भन्ने भान सबैलाई भयो र त्यसको चर्चा सामाजिक संजालतिर पनि भयो ।
तर, नेपालको यो चर्चा सेलाउन नपाउँदै उत्तर कोरियाको यस्तै चर्चा बाहिर आएको छ । उत्तर कोरिया सरकारले कस्तो कपाल पाल्न पाउने भन्ने बारेमा कानून नै बनाएको छ । सरकारले विभिन्न २८ प्रकारका हेयर स्टाइलको सूचि तयार पारिदिएको छ ।
तिनै २८ प्रकार मध्ये कुनै एक प्रकार रोजेर सोही अनुरुप कपाल काट्नुपर्नेछ । त्यसमा पनि पुरुषहरुका लागि १० र महिलाका लागि १८ प्रकारका हेयर स्टाइल तय गरिएको छ । पुरुषले निर्धारित १० तथा महिलाले १८ बाहेक अरु कुनै स्टाइलमा कपाल पालेमा कडा कारवाही हुने छ ।
यस्तै पुरुषहरुले २ इन्च भन्दा लामो कपाल पाल्न पाउने छैनन् । विवाहित महिलाले छोटो कपाल बनाउनु पर्नेछ भने अविवाहितले चाहीँ लामै पाल्न पनि पाउने छन् ।
|