६ चैत, काठमाण्डौं । इराकमा जेल सजाय भोगिरहेका दुई नेपालीले आममाफी पाएका छन् । पाकिस्तानस्थित नेपाली दूतावासको पहलमा माफी पाएका उनीहरुलाई इराक सरकारले सोमबार नेपाल फिर्ता पठाउको छ ।
आममाफी पाउने चितवन भरतपुर २ का गोपाल शर्मा अम्गाई र मकवानपुर फाखेलका राजेश लामा सोमबार राति काठमाण्डौं पुगेको पाकिस्नतानस्थित नेपाली दूतावासले जनाएको खबर मंगलबारको नागरिक दैनिकले छापेको छ ।
‘बिना भिसा प्रवेश गरेको आरोपमा उनीहरुलाई जेल सजाय भएको थियो,’ इराकसमेत हेर्ने पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौडेलले टेलिफोनमा भने, ‘लामो प्रयासपछि उनीहरुलाई आममाफी गराएर नेपाली फिर्ता पठाउन सफल भएका छौं ।’ दुबैलाई त्यहाँको अदालतले डेढ बर्षअघि पाँच पाँच बर्ष जेल सजया सुनाएको थियो ।
अम्गाई र लामा निर्दोष रहेको दाबी गर्दै नेपाल सरकारले लिखित अनुरोध गरेपछि इराकले उनीहरुलाई आममाफी दिएको हो । पाकिस्तानस्थित दूतावासका अनुसार तत्कालीन सरकार प्रमुखले दुई नागरिकलाई सजाय माफ गरिदिन भनी पठाएको पत्र सन् २०१३ जनवरी पहिलो साता इरुाकका समकक्षीसमक्ष पुर्याएको थियो ।
लामो समयसम्मको अनुरोध र उनीहरु निर्दोष भएकेा प्रमाण पाएपछि प्रधानमन्त्रीले नै पत्र पठाएर आम माफी दिनुभएको राजदूत पौडेलले बताए ।
|
|

