हिँडाइबाटै महिलाहरुको यौन सन्तुष्टी पत्ता लाग्ने

कुनै पनि महिलाले यौन सम्पर्कका बेला चरम सन्तुष्टी पाए, नपाएको कुरा उनको हिँडाइबाटै थाहा हुने पछिल्लो एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार सम्भोगका बेला चरम आनन्दमा पुग्ने महिला अरु महिला भन्दा भिन्न तरिकाले हिड्ने गर्छन् । बेल्जियमका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार यौन सम्पर्कका बेला चरमोत्कर्षमा पुग्ने र चरमोत्कर्षमा पुग्नै नपाइकन सम्भोगबाट अलग्गिन बाध्य हुने महिलाहरुको हिँडाइको चाल बेग्लै हुन्छ । सेक्सका बेला यौन सन्तुष्टी पाउने महिलामा योनी सम्भोग सुख नपाउने महिलामा भन्दा हिँड्दाखेरी ढाड तथा नितम्बको लचकता बढि हुन्छ र उनीहरुले अलि ठूला(ठूला पाइला चाल्ने गर्छन् ।
 पाक्क्रिडा तथा अन्य कृत्रिम माध्यमबाट चरमसुख प्राप्त गर्ने महिलाको हकमा भने हिँडाइको चालबाट सम्भोग सुखको आँकलन गर्न मुस्किल पर्ने र योनी र लिंगको मिलन हुने प्राकृतिक सम्भोगबाट हुने यौनसुखको मात्र आँकलन गर्न सकिने शोधकर्ताहरु बताउँछन् । शोधकर्ताहरुले अध्ययनको क्रममा केही महिलाहरुको व्यक्तिगत यौन जिवनका बारेमा जानकारी लिएर उनीहरुको हिँडाइको चालका बारेमा सुक्ष्म विश्लेषण गरेका थिए । योनी सम्भोगको चरम आनन्दले मानसिक तथा सारीरिक प्रभाव पार्ने र त्यसले तनाव र मांशपेशीको दुखाइ जस्ता समस्या समेत निराकरण गर्नमा सहयोग गरेर महिलालाई फुर्तिलो बनाउने उनीहरु बताउँछन् ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger