सेक्स प्रस्ताब टार्ने पाँच बहाना :

कहिलेकाहीँ यस्तो हुन्छ की सेक्स पार्टनर एक अर्कोसँग सेक्सका लागि राजी हुँदैनन् । एक जनाको निकै नै मन हुँदाहुँदै पनि पार्टनरको आनाकानीले गर्दा मनको रहर मनमै राख्नुपर्ने बाध्यता हुन्छ ।
सेक्सका लागि पार्टनर राजी नहुनुमा कहिलेकाहीँ साँच्चीकै विभिन्न ठीक कारण हुन्छन् भने कहिलेकाहीँ सेक्सबाट उम्किन विभिन्न नखरा तथा बहानाबाजी हुने गर्छन् ।
कतिपय महिला तथा पुरुष दुबैको आफ्नो सेक्स पार्टनरसँग सेक्सकालागि तयार नहुने र सधै केही न केही बहानाबाजी गर्ने आदत नै हुन्छ । यद्यपि जबजब उमेर तथा जिम्मेबारी बढ्छ, तब जिवनमा सेक्सको महत्व कम हुँदैजान्छ । तर उमेर तथा जवानी हुँदाहुँदै पनि र चाहना हुँदाहुँदैपनि सम्भोगमा नखरा पार्नेहरु पनि हुन्छन् । यस्ता नखरा तथा बहानाहरुमध्ये धेरैजसो निकै सामान्य हुन्छन् । तरपनि यस्तै सामान्य बहानाले पनि श्रीमान श्रीमती तथा यौन पार्टनरको यौन जिवनमा ठूलो असर पूराउने गरेको अध्ययनले देखाएको छ ।
म निकै थाकेको/थाकेकी छु भन्ने बहाना सबैभन्दा चल्तीको बहाना हो । जब सेक्सका लागि पार्टनर नजिक आउने कोसिस गर्छ तब दोश्रो पक्षले यो बहाना बनाउँछ की मलाई निकै थकाइ लागेको छ ………आज नाइँ ।
सेक्स नगर्नका लागि गरिने दोश्रो सबैभन्दा चल्तीको बहाना हो, मलाई भोलि बिहानी छिटै उठ्नुछ, मसँग समय छैन । हुनत जिन्दगीको बढ्दो व्यस्तताका कारण मानिसहरुसँग आजभोलि रमाइलोगर्नका लागि लामो समय उपलब्ध हुँदैन । कतिपय मानिस राती लामो समयसम्म काम गर्छन् र जिवनसाथीलाई दिने धेरै समय नै हुँदैन । तर कतिपयले भने समय हुँदाहुँदै पनि समय नभएको बहानागरेर सेक्सप्रति अरुची देखाउने गर्छन् ।
सम्भोग टार्नका लागि गरिने तेश्रो चल्तीको बहाना हो, ‘मेरो टाउको आज ज्यादै दुखेको छ…. अर्को दिन ल ।’ कुरा फेरी उहीँ । जिन्दगीमा प्राथमिकता निकै तिब्र गतिमा बदलिरहेको छ । सेक्स सामानय जिन्दगीको हिस्सा हो, तर जब यो दुनियामा जिन्दगी नै सामान्य छैन भने सेक्स कसरी सामान्य रुपमा हिस्सा बन्न सक्छ? त्यसैले टाउको दुखेको बहाना जिवनसाथीलाई सेक्सको भोकमा जलाइराख्ने अर्को बहाना हो ।
चौथो बहाना शारीरिक समस्यालाई देखाएर बनाइन्छ । जस्तो की कुनै महिलाले यदि आफ्नो जिउ निकै दुखेको बताएर सम्भावित रात्रीकालीन सम्भोगलाई टार्ने कोसिस गर्छिन् । हुनपनि हो, श्रीमतीको जिउ दुखेको कुरा सुनेपछि पुरुषले सेक्सका लागि कर गर्ने कुरो भएन । त्यसैले जिउदुखेको बहाना महिलाका लागि सेक्सकार्य टार्ने मात्र नभएर सहानुभुति बटुल्ने हतियार पनि हो ।
पाँचौ बहाना भनेको निकै काम गर्नुपरेको भन्दै गनगन गर्ने वातनावलाई व्यक्त गर्नु हो । दिनभर काम गरेसँगै सेक्सका लागिमूड बन्ने कुरा पनि भएन । अझ गनगने बानी रहेछ भने त के चाहियोर ? सिधै भन्न सकियो की, ‘आज मेरोमूड नै छैन ।’
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger