कर्णेल लामालाई नेपालले ट्राभल डकुमेन्ट नदिने

२९ फागुन, काठमाण्डौ । युद्ध अपराधको अभियोगमा बेलायती जेलमा रहेका नेपाली सेनाका कर्णेल कुमार लामालाई नेपाल सरकारले यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) नदिने भएको छ । अन्तिम फैसला नहुँदासम्म लामाले बेलायत छाड्न नपाउने सर्तसहित अदालतले उनलाई धरौटीमा छाड्ने फैसला गरेको छ । फैसलामा न्यायाधीशले कुमार लामालाई नेपाली राजदूतावासले नेपाल फर्किन पाउनेगरि यात्रा अनुमतिपत्र दिन नपाउने सर्त राखेका थिए । 

सर्तलाई स्वीकार्दै मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले अन्तिम फैसला नहुँदा उनलाई यात्रा अनुमतिपत्र नदिने निर्णय गरेको छ । नेपालले यात्रा अनुमतिपत्र नदिएसम्म उनले बेलायत छाड्न नपाउने हुँदा अदालतले उनी बेलायतमै रहने सुनिश्चीतताका लागि यस्तो सर्त राखेको थियो । मन्त्रिपरिषद्को निर्णयसहितको पत्र बेलायतको चेम्ल्फोर्ड अदालतलाई पठाएपछि लामा रिहा हुनेछन । अदालतको आदेशबमोजिम बेलायतस्थित दूतावासले निर्णयका लागि नेपाल सरकारलाई अनुरोध गरेको थियो । दूतावासको अनुरोधअनुसार लामालाई रिहा गराउन यस्तो निर्णय गरिएको परराष्ट्र स्रोतले जानकारी दियो ।

 सन् २००५ मा कपिलवस्तु ब्यारेक कमाण्डर रहेका बेला युद्ध अपराध र मानवताबिरोधी काम गरेको अभियोगमा गत पुस १९ गते लामालाई बेलायती प्रहरीले पक्राउ गरेको थियो । सुडास्थित शान्ति स्थापना मिसनमा रहेका लामा परिवार भेट्न लण्डन पुगेका बेला पक्राउ परेका थिए । उनको रिहाईका लागि नेपाल सरकारले कुटनीतिक पहलसमेत गरेको थियो । कुटनीतिक पहल असफल भएपछि उनको रिहाईमा लाग्ने सवै खर्च नेपाल सरकारले बेहोर्ने निर्णय गरेको थियो । उनी १० हजार पाउण्ड धरौटी राखेर हिरा हुँदैछन । मुद्दाको अन्तिम फैसला जुलाई १० तारिखमा हुँदैछ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger