नायीका केकी अधिकारीद्धारा अभीनित चलचित्र 'प्रमिश'को 'जेसुकै भन तिमी' बोलको गीतको भीडियो सार्वजनिक गरिएको छ । महाशिवरात्रिकोअवसर पारेर उक्त गीतको भीडियो सार्वजनिक गरिएको हो ।
महाशिबरात्रीको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतमा नायिका केकी अधिकारी र नयाँ प्रस्तुतीको रूपमा रमेशचन्द्र राई र नर कुमार लिम्बुको अभिनय रहेको छ ।
सुरज सुब्बाको लेखन तथा निर्देशन गरिएको चलचित्र प्रमिशको छायांकन सिङ्गापुर र नेपालमा गरिएको हो । चलचित्रको सार्वजनिक 'जेसुकै भन तिमी' बोलको गीत भने सिंगापुरमा नै खिचिएको थियो । उक्त गीतलाई महेशखड्काले संगित भरेका छन् भने दीपक लिम्बुले आफ्नो स्वार दिएका छन् ।
संगीतकार महेश खड्काको कम्पनी टिएनआरजी प्रोडक्सनले निर्माण गरेको चलचित्र प्रमिशमा केकी,नर र रमेशको साथमा अनुराग मान सिंह कुवँर, विल्सन विक्रम राई, आकाश खवास, मार्टिन खानको पनि अभिनय रहेको छ ।
सिङगापुर र नेपालमा सुटिङ गरिएको चलचित्र पहिले सिङ्गापुरमा प्रिमियर गरिने निर्देशक सुब्बाले जानकारी दिएका छन् । निर्देशक सुब्बाका अनुसार दुई महिना भित्र चलचित्र दर्शकसामू ल्याउने प्रमिश गरिएको छ ।
भिडियो हेन तल क्लिक गर्नुस्...
|
|

