आजदेखि दैनिक २ घण्टा लोडसेडिङ घट्यो (तालिकासहित)

२८ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आजदेखि लागु हुनेगरी दैनिक २ घण्टा लोडसेडिङ घटाएको छ । चैत १ गतेबाट सुरु हुने एसएलसी परीक्षालाई लक्षित गरी सातामा १२ घण्टा घटाउन लागिएको प्राधिकरणले जनाएको छ । नयाँ तालिका अनुसार सोमवारदेखि दैनिक १० घण्टाका दरले हप्तामा ७० घण्टा लोसेडिङ हुने छ । यसअघि हप्ताको ८२ घण्टा लोडसेडिङ्ग हुँदै आएको थियो । नदीमा पानीको जलस्तर घट्ने क्रममा रहे पनि तापिय विद्युत सञ्चालन, भारतबाट विद्युत आयत, काली गण्डकी ए जल विद्युत केन्द्रको मर्मतलगायतका कारणले लोडसेडिङ घटाउन सकिएको प्राधिकरणले जनाएको छ । तालिका ठूलोमा हेर्न तस्वीरमा क्लिक गर्नुस ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger