सात वर्षदेखि राजेश हमालले लुकाएर राखेको प्रेमिकाको फोटो सार्वजनिक


 नायक राजेश हमालकी सात वर्ष यताकी प्रेमिका मधु भट्टराईको  फोटो सार्वजनिक भएको छ। नायक हमालले आफ्नी प्रेमिका रहेको कुरा बारम्वार स्विकार गर्दै आएको भएपनि उनलाई मिडियाको आँखाबाट भने लुकाएर राखेका थिए। केहि दिन अघि एक साप्ताहिक पत्रिकाले राजेशकी प्रेमिका मधुको अन्तरवार्ता छापेको भएपनि मधुले तस्विर भने सार्वजनिक गर्न दिएकी थिइन्।तर अहिले भने विराटनगर घर भएकी मधुको वास्तविक फोटो सार्वजनिक भएको छ । हाल उनलाई राजेश हमालले आफ्नै खर्चमा लाजिम्पाटमा एक फ्ल्याट लिएर राखेको थाहा भएको छ। ५ फुट ६ इन्छकी मधुसंग राजेश हमालको भेट करिब सात वर्ष अघि एक ब्युटी कन्टेस्ट भएको थियो। शुरुमा मधुले नै राजेशलाई प्रेम प्रस्ताव राखेकी थिइन्, त्यसको ६ महिना पछि मात्रै राजेशले मधुको प्रेम स्विकार गरेका थिए। मधुले स्नातक सम्मको पढाइ सकेकी भएपनि हाल कुनै काममा आवद्ध नरहेको बताइएको छ। मधुको परिवार राजेश हमालसंग छोरीको विवाहको लागि राजी भैसकेको बताइन्छ, मुधको पिताको भने २ वर्ष अघि निधन भइसकेको हो।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger