गर्भावस्थामा व्यायाम गर्दा धेरै फाइदा दुबैको लागी

 गर्भवती महिलाहरू गर्भावस्थामा आराम गर्न रुचाउँछन् । तर त्यसो गर्दा नोक्सानी हुने खोजकर्ताहरूको निष्कर्ष छ । आराम गर्नेहरूमा प्रोटिनको मात्रा कम हुने र उच्च रक्तचापको समेत खतरा हुने जनाइएको छ । गर्भधारणभन्दा अघि र गर्भावस्थाको समयमा प्रोटिनको स्तर तलमाथि रहने गर्नाले आमा र शिशुको स्वास्थ्यमा धेरै जोखिमको सम्भावना रहन्छ । 

तर नियमित रूपमा व्यायाम गरे त्यस्तो खतराबाट दूरी बढ्छ । दुवैको स्वास्थ्य राम्रो हुन्छ । फिट रहनका लागि शरीरमा प्रोटिनको स्तर नियन्त्रित भइरहनु जरुरी हुन्छ र यो काम व्यायामले गर्छ । व्यायाम गरेपछि रक्तचाप नियन्त्रित हुन्छ ।ओरेगान विश्वविद्यालयद्वारा गरिएको अनुसन्धानअनुसार वर्षेनी १० प्रतिशत गर्भ उच्च रक्तचापले गर्दा प्रभावित हुने गरेका छन् । नियमित व्यायामले यो समस्याबाट जोगिन सकिन्छ अनुसन्धानको निष्कर्ष छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger