हाम्रो समाजमा यौनका बारेमा कुरा गर्नु अहिले पनि लाजसरमको विषय मानिन्छ । कतिपय त गर्भनिरोधक औषधि तथा अस्थायी साधन कन्डमको नाम लिनसमेत लाज मान्छन् । जसकारण पनि पहिलोपटक यौनसम्पर्क कसरी गर्ने भन्नेबारे सल्लाह लिन चाहने कतिपयले आफ्ना कुरा मनमै दबाएर राख्ने गरेका हुन्छन् । पहिलो यौनसम्पर्कको पल सबैका लागि यादगार हुन्छ ।
मानिस आफ्नो पहिलो यौन सम्र्पकलाई अविस्मरणीय बनाउन चाहन्छन् । तर, पर्याप्त सल्लाह र सीपको अभावका कारण कुरा बिग्रने गर्दछ । सानो गल्ती र कमजोरीले पनि जीवनभर पछुतो हुन सक्छ । त्यसकारण पहिलोपटक यौन सम्र्पक गर्दा ध्यान दिनुपर्ने अत्यावश्यक कुरा निम्न छन् ।कन्डम प्रयोग गर्नु विशेषगरी नवविवाहित दम्पती पहिलो यौनसम्पर्कलाई लिएर निकै उत्साहित हुने गर्छन्, जसकारण उनीहरूले धेरै कुरा ख्याल गर्दैनन् । अधिकांश जोडी जोसमा होस गुमाउने गर्छन् । कतिपयले कन्डम प्रयोग गर्न जरुरी मान्दैनन् । जसकारण बिहे गरेको केही दिनमै पत्नी गर्भवती हुन्छिन् ।
नचाहँदा नचाहँदै भएको गर्भधारणले उनीहरूलाई पश्चात्ताप हुन्छ । प्रायः नवविवाहित पहिलो यौनसम्पर्कको अनुभव अनौठो हुन्छ भन्ने ठान्ने गर्छन् । यो अनौठो त हुन्छ नै । तर, कहिलेकाहीँ एउटाको मीठो अनुभव अर्काका लागि पीडादायक पनि हुन सक्छ । त्यसकारण एक-अर्काको सल्लाह र रुचिअनुसार मात्र सम्पर्क गर्नुपर्छ । नक्कलदेखि सावधान इन्टरनेटको जमाना, त्यसमाथि पोर्न फिल्म, फोटोग्राफी र साइटको बिगबिगी । अचेलका युवायुवतीले स्कुल-कलेज लाइफमै पोर्न फिल्म हेर्ने गरेको पाइन्छ ।
जसमा अप्राकृतिक यौनसम्पर्क पनि देखाइने गरिन्छ । पहिलो यौनसम्पर्कको वेलामा आफूले हेरेको पोर्न फिल्मको नक्कल गर्ने कोसिस कहिल्यै पनि गर्नुहँुदैन । त्यसले दाम्पत्य जीवनमै संकट पैदा गर्न सक्छ । यौन एउटा कला हो, त्यसकारण पहिलो यौनसम्पर्कलाई जतिसक्यो कलात्मक बनाउनुपर्छ । पछि, आफ्नो पार्टनर पनि अभ्यस्त भएपछि आपसी सहमतिमा जे पनि गर्न सकिन्छ ।
यसप्रति ध्यान दिनु जरुरी छ । हतार नगर्नु
|
|

