एसएलसी परीक्षामा अनियमितता गर्नेलाई कडा कारवाही गरिने

 एसएलसी परीक्षा २०६९
 ============= 
 यस वर्षको एसएलसी परीक्षा २०६९ चैत्र १ गते बिहीबारदेखि 
+ परीक्षा चैत्र १ देखि ९ सम्म बिहान ८ देखि ११ बजेसम्म हुने
 + "परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०६८" जारी भएको
 - अनियमितता गर्नेलाई १ लाख रुपैयाँ जरिवाना र ६ महिना कैद
 - एउटा परीक्षार्थीको सट्टा अर्को व्यक्तिले परीक्षा दिएको पाइए रद्द
 - गरी कम्तीमा दुई वर्षसम्म निष्काशन गर्न सकिने
 + परीक्षार्थी संख्याः नियमित- ४,३०,०९७
  एक्जेम्टेड: १,१७,०६८
 + परीक्षाकेन्द्रः १,७८६
 + परिचालित कर्मचारीः
 - १,७८६ केन्द्राध्यक्ष,
 - २,६५५ स. केन्द्राध्यक्ष,
 - २१,८९० निरीक्षक,
 - ७,२९७ सहयोगी र - १७ हजार ८ सय ६० सुरक्षाकर्मी
 काठमाडौं, ३० फागुन । उच्च शिक्षाको फलामेद्वार मानिने एसएलसी परीक्षा भोली चैत १ देखि सुरु हुँदैछ । चैत १ देखि चैत ९ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा नियमित तर्फका चार लाख ३० हजार ९७ र एक्जेम्टेडतर्फका एक लाख १७ हजार ६८ गरी जम्मा पाँच लाख ४७ हजार एक सय ६५ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा सञ्चालन गर्न एक हजार सात सय ८६ केन्द्राध्यक्ष, दुई हजार ६ सय ५५ सहायक केन्द्राध्यक्ष, २१ हजार आठ सय ९० निरीक्षक, सात हजार दुई सय ९७ सहयोगी र १७ हजार आठ सय ६० सुरक्षाकर्मी परिचालन गरिने छ। देशभरका सबै परीक्षा केन्द्रनजिकैको सुरक्षा निकायमा प्रश्नपत्र र उत्तरपुस्तिका पुगिसकेको छ।

 एसएलसी परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन शिक्षा मन्त्रालयले यो वर्ष १४ अञ्चलमा सहसचिव नेतृत्वको अधिकारसम्पन्न अनुगमन टोली खटाएको छ। शिक्षामन्त्री दिनानाथ शर्माका अनुसार अनियमितता गर्ने विद्यार्थी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, सुरक्षा गार्ड, अभिभावक जो सुकै भए पनि सख्त कारबाही गरिनेछ ।

 परीक्षा व्यवस्थित बनाउन मन्त्रालयले सबै संयन्त्र परिचालन गर्न लागेको जनाउँदै मन्त्री शर्माले अबका दिनमा गेसपेपर या गाइड पढेर होइन, राम्रोसँग अध्ययन गरी परीक्षा दिनेले मात्र पास हुने वातावरण तयार पारिने बताएका छन् । यस्तै यो वर्ष परीक्षा नियन्त्रण कार्यालयले प्रश्नपत्रमा हुने त्रुटि तत्काल सच्याउन केन्द्रमा दुई वटा नोटिस बोर्डको व्यवस्था गरेको छ।

 एसएलसीलाई तयार पारिएका ८६ विषयको प्रश्नपत्रमा कुनै त्रुटि पाइए, त्यसलाई ३० मिनेटभित्र सच्याई देशभर सूचना पठाउने संयन्त्र निर्माण गरिएको पनिकाको दाबी छ । प्रश्नपत्रको गोपनियता भंग गरे, परीक्षालाई अमार्यादित बनाए, अरुको तर्फबाट परिक्षा दिए वा परीक्षाको मार्यादा भंग गर्ने यस्तै कुनै कार्य गर्नेलाई कसुर हेरी एक लाखसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको जनाइएको छ । परीक्षार्थीले अनुशासनहीन काम गरे पुरै परीक्षा रद्द हुने र एक वर्षसम्म परीक्षामा सम्मिलित हुन नपाउने समेत चेतावनी दिइएको छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger