२८ फागुन, झापा । प्रकृतिलाई माया गरौं भन्ने अभियानका प्रवर्तक तथा सेभ द प्लानेटका अध्यक्ष यादव भण्डारीले पर्यावरण मैत्रि विवाह गरेका छन् । भण्डारीको आईतवार झापाको मेचिनगर ३ कि उषा न्यौपानेसंग गरेको विवाहलाई पर्यावरण मैत्रि बनाएका हुन् । बिवाहमा मायाको चिनो स्वरुप बेहुलि घरमा बेहुलिका बुबा र बेहुलाका घरमा बेहुलि र सासुले संयुक्तरुपमा रुद्राक्ष विरुवा रोपि यसलाई मायाको प्रतिकका रुपमा हुर्काउने बताएका छन् ।
रुद्राक्ष रोपेपछि खुसीहुँदै बेहुला भण्डारीले भने-’यो माया भनेको बेहुला र बेहुलिको मात्र नभई सम्पुर्ण जन्ति र घरगाउँले तथा तोपगाछी र मेचिनगर नगरपालिका बिचको पे्रमको प्रतिकका रुपमा रहेको छ ।’
अहिलेको विश्व पनि वातावरणका कारण दिनानुदिन खतरामा पर्ने भएकोले त्यसलाई बचाउनका लागी सबैले आ आˆनो ठाउबाट लागे मात्र यसलाई जोगाउन सकिने बेहुली न्यौपाने बताउछिन् ।
|
|

