प्रियंका हैन साहरुखसँग दीपिका नजिक

 बलिउड नायक साहरुख खान बारम्बार नायिकाको कारणले संचारमाध्यमा छाइरहेका छन् । नायिका प्रियंकाचोपडा र साहरुख बिचको सम्बन्धले मिडियामा लामै समय चर्चा पायो । तर अहिले नायिका चोपडा र साहरुखको दुरी टाढा भएको बताइएको छ ।प्रियंका टाढिएपछि नायिका दीपिका पादुकोण साहरुखसँग नजिकिएको बताइएको छ । दीपिका साहरुख खानकै कारणले बलिउडको पहिलो नायिका भएकी छिन् जसको नाम सिनेमाको पर्दामा नायकको भन्दा अगाडी आउनेछ । दीपिकाले यसबारेमा प्रतिक्रिया दिदै भनेकी छिन्, ‘तत्कालका लागि यो सामान्य कुरा हुनसक्छ तर यसले दुरगामी असर पार्दछ ।’ दीपिकालाई साहरुखले ‘ओम शान्ती ओम’ मार्फत बलिउडमा भित्राएका हुन् । अहिले यि दुई चलचित्र ‘चेन्नाई एक्सप्रेस’ मा काम गरिरहेका छन् । यस्तै नायिका पादुकोणले साहरुसँग आफ्नो सम्बन्ध चिसिएको खबरलाई समेत नकारेकी छिन् । साहरुखसँग आफ्नो सम्बन्ध नबिगि्रएको उनको भनाई छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger