सूर्यमा अकल्पनीय घटना हुँदै...

 अमेरिकी अन्तरीक्ष संस्था नासाले सूर्यमा अकल्पनीय घटना घट्न लागिरहेको बताएको छ । यो वर्ष सन् २०१३ सौर्य विन्दुको ११ वर्षे चक्र अन्तरगतको उच्चतम विन्दुयुक्त वर्ष अर्थात् सोलार म्याक्सिमम वर्ष रहेको भन्दै नासाले निकट भविष्यमै सूर्यमा नचिताएको भवितव्य हुनसक्ने चेतावनी दिएको छ । सूर्यमा देखिने विभिन्न धब्बाहरुको संख्या सन् २०११ यता कम हुँदै गएको र सौर्यज्वाला उत्पन्न हुने क्रम पनि अनियमित बन्दै गएको नासाले जनाएको छ । उच्चतम सौर्यविन्दुयुक्त वर्षमा समेत सूर्यको आन्तरिक संरचनामा कममात्रै गतिविधि देखा परिरहेको भन्दै नासाले यस्तो बेला सूर्यमा धेरै धब्बा देखिनुपर्नेमा कम मात्र देखिनु रहस्यमय भएको बतायो । यद्यपि कतिपय खगोलविद्हरुले भने सूर्यको आन्तरिक गतिविधि तथा त्यसको बाहिरी सतहमा देखिने धब्बा अर्थात् विन्दुहरुको संख्यात्मक अवस्था घटबढ भैरहने भन्दै यस्तो यसअघि पनि भएको बताउँछन् । यसअघि सन् १९८९ र २००१ मा पनि यस्तै सोलार म्याक्सिमम वर्ष थिए, जतिबेला सौर्यधब्बाहरुमा घटबढ देखिएको थियो । सन् २०११ मा सौर्यधब्बाको संख्या बढ्नु र त्यसपछि घट्दै जानु पनि त्यस्तै नियमित प्रक्रिया भएको कतिपय खगोलविद्हरुको ठहर छ । त्यसैले यो वर्ष सन् २०१३ को मध्यतिरबाट सौर्य धब्बाहरु बढ्ने र सन् २०१४ सम्म रहने अनुमान उनीहरुको छ । तर यस्ता अनुमानको कुनै ठोस आधार नभएकाले सूर्यको गतिविधि तुलनात्मक रुपमा किन सुस्ताएको हो ? भन्ने कुराको एकिन जवाफ प्राप्त हुन सकेन । कतिपयले निकै सक्रिय हुनुपर्ने बेला सूर्य सुस्ताउनु वा शान्त रहनुलाई भविष्यमा कुनै ठूलै दुर्घटना वा भयानक सौर्यज्वालाको संकेतको रुपमा लिएका छन् ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger