तयार भयो फुच्चे रोबोट कार ...

जापानमा ड्राइभरले चलाउनु नपर्ने कारको निर्माण गरिएको छ । एक जना मात्र यात्रु चढ्न मिल्ने यो फुच्चे रोबोट कारको निर्माण जापानी कम्पनी हिटाचीले गरेको हो । रोपिट्स नाम दिइएको यो कारको इबाराकीस्थित सुकुबा सहरमा परीक्षण गरिएको छ । यो कारले यात्रुलाई आफै गन्तव्य सम्म पूराउँछ । मान्छे चढ्ने र ओर्लने बेलामा रोकिन्छ । 

साथै इमर्जेन्सी पर्दा भने यात्रुले पनि यो कारलाई नियन्त्रणमा लिएर रोक्न वा मोड्न सक्छ । जापानमा बढ्दै गरेका बुढाबुढीको जनसंख्यालाई लक्षित गर्दै बनाइएको यो कार खासगरी हिँडडुल गर्न नसक्ने तथा गाडि चलाउन पनि नजान्नेहरुका लागि उपयोगी हुने विश्वास गरिएको छ । साथै यो सानो आकारको हुनाले साँघुरा गल्ली पनि छिचोल्न सक्छ । यो रोबोट कारमा जिपिएस प्रविधि जडान गरिएको छ जसका कारण यसले आफ्नो बाटो पहिल्याउन सक्छ । साथै यसमा भएको लेजर सेन्सरले बाटोका अवरोधबारे जानकारी दिने र गाइरो सेन्सरले खाल्डाखुल्डी भएको ठाउँमा पनि कारलाई सन्तुलन गर्न सहयोग गर्ने बताइएको छ । हेरौँ यो फुच्चे रोबोट कार
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger