बसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘राजनीति’ को छायांकन सकिएको छ । चलचित्रको छायांकन ३४ दिनमा सकिएको हो । काठमाण्डौ, विरगञ्ज, कुलेखानी, सिमरा लगायतका क्षेत्रमा छायांकन गरिएको यो चलचित्रको सम्पादन कार्य सुरु भएको निर्माणपक्षले जनाएको छ ।वी.एन.फिल्मस्को व्यानरमा तयार भएको चलचित्रलाई दिपक सुवेदी र दिपक के भट्टराइले निर्माण गरेका हुन् ।
चलचित्रमा राजेश हमाल, कोमल वली, दिपक सुवेदी, पवित्रा आचार्य, हरी पन्त, सन्तोष लम्साल लगायतका कलाकारको अभिनय छ । चलचित्रमा नायक राजेश हमाल र गायिका कोमल वली श्रीमान श्रीमतीको भूमिकामा देखिएका छन् ।
गायिकाबाट नायिका बनेकी कोमल वलीलाई चलचित्रमा विधवा देखाइएको छ । शिव ढकालको छायांकन, अष्ट महर्जनको द्वन्द्व रहेको सिनेमाले देशको राजनीतिक अवस्थालाई चित्रित गरेको छ । जेठ महिनापछि सिनेमाको प्रदर्शन युरोपका विभिन्न शहरमा गरिने निर्माणपक्षको भनाई छ । नेपालमा भने ‘राजनीति’ हरितालिका तीजमा प्रदर्शनमा आउने छ ।
|
|

