पाशुपत क्षेत्रमा महाशिवरात्री, कस्तो देखिन्छ, के भन्छन् दर्शनार्थी? भिडियो खबर

आज महाशिवरात्री पर्व देशभर मनाईदैछ । प्रत्येक वर्ष फाल्गुन कृष्णपक्ष चतुर्दशीका दिनमा शिवरात्री पर्व मनाइन्छ । काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा विहानैदेखि भक्तजनको घुईंचो लागेको छ । भक्तजनको सजिलोका लागि दर्शन गर्न तीन वटा लाइनको व्यवस्था गरिएको छ । एउटा लाइन मित्रपार्कबाट उत्तरढोकाको सिँढीतर्फ, अर्को लाइन जयबागेश्वरी शंकराचार्य मठ हुँदै पश्चिम ढोकामा पुग्नेछ । त्यस्तै, अर्को लाइन भने गौशालाबाट सुरु भई वनकाली हुँदै दक्षिण ढोका पुग्नेछ । अरु वर्षको तुलनामा अहिलेको वर्ष दर्शन गर्न सहज भएको भक्तजनहरुले बताएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुस्...


 
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger