को हुन बाबु र निशाको भ्यालेन्टाइन ? (भिडियो)

प्रेम दिवस अर्थात भ्यालेन्टाइन दिवसको अवसर पाररे चलचित्र ‘मेरो भ्यालेन्टाइन’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । चलचित्र प्रदर्शनमा आउन नसकेपछि गीत मात्र सार्वजनिक गरिएको हो । यो गीतमा नायक बाबु बोगटी, स्वतन्त्रप्रताप शाह, नायिका निशा अधिकारी, सुष्मिता ढकाललाई देख्न सकिन्छ । शुशिल श्रेष्ठको निर्माणमा तयार भएको यो सिनेमालाई सुरज सुब्बा ‘नाल्बो’ ले निर्देशन गरेका हुन् ।
 चलचित्रमा सुगम पोखरेल र राजन तिमिल्सिनाको शब्द, सुगम पोखरेल, अनिल सिंह, प्राश्ना शाक्य र श्रेया सोताङको स्वर रहेको छ । भ्यालेन्टाइन डे को अवसर पारेर सार्वजनिक गरिएको गीतलाई प्रेम जोडीहरुले मन पराउने विश्वास गरिएको छ ।


 
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger