चार महिनाभित्र ‘बुहारी’ भित्र्याउँछुः राजेश हमाल

१ फागुन, नवलपरासी । नेपाली चलचित्रका महानायक राजेश हमालले चार महिनाभित्र जोडी भित्र्याउने बताएका छन् । कावासोतीमा जारी धनधान्याचल ज्ञान महायज्ञ एवं राष्ट्रिय दान महोत्सवमा सहभागी हुन पुगेका नायक हमालले आइतबार स्थानीय वृद्धवृद्धालाई सम्बोधन गर्दे भने, ‘अब चिन्ता नलिनुस् भाग्यले जुराईसकेको छ । चार महिनाभित्रमा बिहे गरेर बुहारी लिएर फेरि आउनेछु ।’ नायक हमाल प्रधान संरक्षक रहेको नवजीवन च्यारिटेवल ट्रस्टले आयोजना गरेको महायज्ञमा सम्बोधन गर्दै नायक हमालले आफु समाज परिवर्तनका लागि लागेको बताए । ‘हामीले धेरै गर्नु छ । तर आफ्नो लागिमात्र होइन्, समाजमा रहेका दीनदुःखी र असहायको सेवा गर्नुपर्छ ।’ यसका लागि सबैबाट सहयोग जुटाउन महायज्ञमार्फत आफू पनि लागेको उनले बताए  ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger