काठमाडौं,फागुन ७ । काठमाडौंस्थित बुढानिलकण्ठ स्कुलको पर्खालले किचेर एक बालिकाको मृत्यु भएको छ । अन्य दुई जना घाईते भएका छन् । बिष्णु–२ स्थित बुढानिलकण्ठ स्कूलको पर्खाल सोमबार दिउँसो अचानक भत्कदा पर्खालले किचेर १३ बर्षीया निशा सुबेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । साथी भेट्न आएकी निशा बुढानिलकण्ठस्थित तिरुबम ईन्टरनेश्नल स्कूलमा कक्षा ७ मा अध्ययनरत छात्रा हुन् ।थप जानकारीको लागि भिडियो समाचार हेर्नुस
|
|
