चर्चित म्यागजिन ‘प्लेब्वाइ’ मा न्यूड फोटो खिचाएर मोडल शर्लिन चोपडाले केही समय अघि विश्व बजार तताएकी थिइन् । प्लेब्वाई म्यागजिनमा फोटो खिचाउने सबैजसो मोडलले यसका मालिक हृयू हफनरको ओछ्यान तताउनु पर्दछ ।तर भारतिय मोडल शर्लिन चोपडाले हफनरको ओछ्यान नतताएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘म मिस्टर हफनरको साथमा सुतेको छैन ।’ उनले फोटोसुट गर्नु अघि आफुलाई यस्तो प्रस्ताव नआएको बताइन् ।उनले भनेकी छिन्, ‘मलाई आफ्नो शरिर देखाउनमा कुनै पनि लाज लाग्दैन र मेरो लागि यति नै ठिक छ ।’ चलचित्रमा जम्न नसकेपछि शर्लिनले चर्चामा आउनका लागि विभिन्न किसिमका हर्कतहरु गर्दै आएकी छिन् ।
|
|

