जँड्याहा बानीले निद्रा बिथोलिएला

पछिल्लोपटक गरिएको एक अध्ययनले मदिरा पिउने मानिसहरुको निद्रा बिथोलिने तथ्य पत्ता लगाएको छ । रक्सी पिउने मानिसहरुमा रातमा गहिरो निद्रा नलाग्ने र बिउँझिएपछि छटपटी छुट्ने र फेरी निद्रा नपर्ने समस्या बढि देखिने गरेको अल्कोहलिज्मः क्लिनिकल एण्ड एक्सपेरिमेन्टल रिसर्च नामको पत्रिकामा छापिएको अनुसन्धान समाचारमा उल्लेख छ । अनुसन्धानका क्रममा विज्ञहरुले विभिन्न २० वटा अध्ययनमा गरी ५ सय १७ जना मानिसहरुको ३८ पटकको निद्रालाई प्रयोगशालामै परीक्षण गरेका थिए । अध्ययनमा सहभागी गराइएहरुलाई फरक फरक मात्रामा रक्सी खान दिइएको थियो । एक समूहलाई एक वा दुइ प्रकारका रक्सी कम मात्रामा दिइयो । अर्को समूहलाई मध्यम स्तरमा २ देखि ४ प्रकारका रक्सी खान दिइयो भने अर्को समूहकाहरुलाई चार भन्दा बढि प्रकारका रक्सी मनग्गे खान दिइयो । यसरी अध्ययनमा लिइएकाहरु स्वस्थ युवावर्गका थिए जसमा त्यसअघि रक्सीको कुलत थिएन । यो अध्ययनबाट के देखियो भने रक्सीको मात्रा बढि दिइएका मानिसहरुलाई छिटै निद्रा पर्ने भएपनि निद्रा लामो र गहिरो भने नहुने रहेछ । यसको निष्कर्ष के रह्यो भने रातमा छिटो निद्रा नपर्नेहरुको लागि मदिराको सहारा छिटो निदाउन सहयोगी हुने भएपनि यसबाट मध्यरातमा निद्रा टुट्ने र त्यसपछि निद्रै नलाग्ने समस्या पैदा हुन्छ । शोधकर्ताहरुले निदाउनका लागि भन्दै रातमा रक्सी पिउनु निकै खराब बानी भएको भन्दै रक्सी पिउँदा मानिसलाई छिटै निद्रा लाग्ने भएपनि त्यस्तो निद्रा मध्यरात भन्दा पछिसम्म नरहने र त्यसपछि मानिस सुत्नै नसक्ने समस्या पैदा हुनसक्ने बताउँछन् । अल्कोहलले मानिसको सरीरमा पार्ने अन्य असर त छँदैछन् यसरी निद्राको लम्बाइ तथा गहिराइमा समेत नकारात्मक असर पारी मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पूराउने विज्ञहरुको भनाइ छ । अध्ययनले के पनि देखाएको छ भने रक्सी बढि पिउने मानिसहरु सपना कम देख्छन् ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger