जुम्ल्याहा दाजुभाईले बनाए ई-भोटिङ मेसिन

१७ फागुन, काठमाण्डौं । मुलुकमा अर्को संविधानसभा निर्वाचनको चर्चा चलिरहेका बेला नेपालका एक जुम्ल्याहा दाजुभाईले निर्वाचनका लागि अत्यन्तै आवश्यक मानिएको इलेक्ट्रोनिक भोटिङ मेसिन ‘ई-भोटिङ मेसिन’ निर्माणमा सफलता प्राप्त गरेका छन् ।
 अउनीहरुले आफूहरुद्धारा बनाइएको ई-मेसिन जेठमा हुने भनिएको अर्को संविधानसभा निर्वाचनमा पनि प्रयोगमा ल्याउन सकिने बताएका छन् । ऋाफूहरुद्धारा निर्मित ई-भोटिङ मेसिनको प्रयोगले कसैले आफ्नो मतको दूरुपयोग गर्न नसक्ने, एकव्यक्तिले एक पटक मात्र मत हाल्न सक्ने, अर्काको नाममा मत हाल्न नसक्ने ती जुम्ल्याहा दाजुभाईको दाबी छ । नुवाकोट मदानपुरका ३० बर्षीय यी जुम्ल्याहा राम-लक्ष्मण रिमालले तीन बर्षको अथक प्रयासपछि ई भोटिङ मेसिन निर्माणमा सफलता प्राप्त गरेको खबर राजधानी दैनिकले छापेको छ । यी जुम्ल्याहा दाजुभाईले इन्टरनेट हेरेकै भरमा सो मेसिन बनाउन सफलता प्राप्त गरेका हुन् ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger