जिल्ला अदालत झापाले पत्रकार यादब पौडेलको हत्याका मुख्य आरोपी युबराज गिरीलाई सर्बस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
अदालतले गिरीको योजनामा पत्रकार पौडेलको हत्या भएको ठहर गर्दै सर्बस्वसहित जन्मकैदको फैसला सुनाएको हो । हत्यामा संलग्न मन्जु ढकाललाई ३ बर्ष र सोमनाथ ढकाललाई १ बर्ष र मदन राइलाइ ६ महिनाको कैद सजाय पनि सुनाएको छ ।
पत्रकार पौडलको गत २०६८ साल चैत्र २१ गते हत्या भएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुस्..
|