नेपाली चलचित्रका गीतहरु अहिले श्रोता तथा दर्शकको मुखमा झुण्डिने खालका बन्न थालेका छन् । चलचित्र ‘अन्दाज’ मा समावेश ‘सिम्पल सिम्पल कान्छीको’ बोलको गीत हिट भएपछि संगीतकार बसन्त सापकोटाले यस्तै खालको अर्को गीत तयार पारेका छन् ।चैत्र ३० गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘नोटबुक’ मा समावेश ‘गाला रातै’ बोलको गीत दर्शक तथा श्रोताको मुखमा झुण्डने विश्वास निर्माणपक्षको छ । गीतमा नायिका निता ढुंगाना र नायक जिवन लुइटेलले अभिनय गरेका छन् । योगेश घिमिरेको निर्देशनमा तयार भएको यो चलचित्रलाई प्रज्ञा जोशीले निर्माण गरेकी हुन् । प्रल्हाद तिमिल्सिना र मिलन अमात्यको स्वर समावेश यो गीतलाई राजेन्द्र थापाले लेखेका हुन् । गीतमा संजय लामाको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन छ । गीतको भिडियोलाई दर्शकले मनपराउने विश्वास निर्देशक घिमिरेले गरेका छन् । यो चलचित्रले ५० बर्षपछिको नेपाललाई चित्रित गर्न खोजेको छ । भिडियो हेर्न तल क्लिक गर्नुस्..!
|