माओवादीका कार्यकर्ताले दैलेखका पत्रकारहरुलाई ज्यान मार्ने धम्की

एकीकृत माओवादीका कार्यकर्ताले दैलेखमा कार्यरत पत्रकारहरुलाई ज्यान मार्ने धम्की दिएपछि जिल्लाका सबै पत्रकारले जिल्ला छाडेका छन् । माओवादी धम्कीपछि विहिबार बेलुका २२ जना पत्रकार सुर्खेततर्फ लागेकोमा शुक्रबार थप ५ जनाले जिल्ला छाड्दै छन् । अधिकांश पत्रकारले जिल्ला छाडेपछि विहिबार रातिदेखि त्यहाँका एफएम र पत्रपत्रिका प्रकाशन बन्द भएको छ । डेकेन्द्र थापाका हत्यारालाई कारबाही गराउन विपक्षीहरुले गरेको आन्दोलनमा साथ दिएको भन्दै दैलेखका एमाओवादी कार्यकर्ताले जिल्लाका १० जना पत्रकारलाई डेकेन्द्र थापाकै जस्तो हालत बनाईदिने धम्की दिएका थिए । थप जानकारीको लागि भिडियो हेर्नुस

 !
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger