चलचित्र ‘वधशाला’ को निर्माणपक्षले सिनेमा सेन्सर गरेरै अघि बढ्ने तयारी गरेको छ । रक्षा मन्त्रालयले सुचना तथा संचारमन्त्रालयलाई पठाएको पत्रमा सेन्सर नभएको भए सेन्सरमै रोक लगाउन अनुरोध गरिएको छ ।तर ‘वधशाला’ युनिटले चलचित्र बिकास बोर्डको सिफारिशमा सिनेमाको सेन्सर गर्ने तयारी गरेको हो । यदि यो प्रक्रियामा समेत अवरोध भएको खण्डमा आफुहरु सर्बोच्च अदालत जाने निर्णय भएको निर्देशक मनोज पण्डितले बताएका छन् । चलचित्रलाई रक्षा मन्त्रालयले लगाएको प्रतिबन्धको बिषयमा बिहिबार निर्माण युनिटले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको हो । छलफलमा निर्देशक छिरिङ रितार शेर्पा, निश्चल बस्नेत, प्रचण्डमान श्रेष्ठ, पत्रकार दिपेन्द्र लामा, लेखक अभिनाष शाह, निर्माता तथा वितरक माधव वाग्ले र चलचित्र युनिटको सहभागीता थियो । चलचित्र फागुन २५ गतेबाट नै प्रदर्शनमा आउने निर्माणपक्षले दाबी गरेको छ । चलचित्रमा समावेश नेपाली शेनाको पोशाक लगायतका बिषयमा आपत्ती जनाउदै रक्षा मन्त्रलायले सिनेमाको सेन्सर र प्रदर्शनमा नै रोक लगाउन भन्दै सुचना तथा संचारमन्त्रालयलाई पत्र काटेको हो ।
|