प्रचण्ड र बाबुराम पक्षीय कार्यकर्तावीच कुटाकुट

१८ माघ, रौतहट । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष डा. बाबुराम भट्टरार्इ पक्षीय कार्यकर्तावीच रौतहटमा कुटाकुट भएको छ । रौतहटको बसन्तपुरमा भइरहेको एमाओवादी रौतहटको ६ नम्बर क्षेत्रिय सम्मेलनमा विहीवार प्रचण्डनिकट नेता अशोक जैसवाल र भट्टरार्इनिकटका नेता प्रभु साह पक्षीय कार्यकर्तावीच कुटाकुट भएको हो । प्रतिनिधि छनोटका विषयमा कुरा नमिलेपछि भएको विवादले उग्ररुप लिएपछि सम्मेलनमा दुई पक्षवीच कुटाकुट भएको हो । प्रभु शाह निकट नेता विनेश्वर यादवका अनुसार प्रतिनिधि छनोट गर्दा आफूनिकटका नेताहरुलाई नराखेको भन्दै जैसवाल निकट कार्यकर्ताले निर्णय भएको माईन्यूट नै च्याति दिएका छन् । प्रतिनिधि छनोटका वारेमा बहुमतले निर्णय भइपछि असहमति जनाउँदै जैसवाल समूहले बखेडा झिक्दै माईन्युट च्यातेको यादवले वताउनुभयो । यादवले केहीवेर दुई पक्षवीच विवाद भएपनि हात हालाहाल चाहिँ नभएको वताउनुभयो । केही दिन अघि जिल्ला सम्मेलनका लागि बन्द सत्रमा गौरमा कार्यकर्ताहरुवीच नै कुटाकुट भएको थियो ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger