छ महिनादेखि आफ्नै बुबाले गरे यौनशोषण

झापा,माघ १३ । ‘कसैले सोध्यो भने मलाई बुबा होईन भन्नु भन्नुभएको छ, मैले हो भन्दा पुलिस दाइहरुले जेलमा हाल्छन् अरे, त्यहि भएर मैले नभनेको हुँ’, एक किशोरीले यस्तो बयान दिँदै बिगत छ महिनादेखि आफ्नै बुबाले आफुसँग यौन सम्बन्ध राख्दै आएको खुलासा गरेकी छिन् । पाँचथरको कुरुङ्वा घर भएकी चौध बर्षीया ती किशोरीले बारम्बार रुपमा आफुलाई बुबाले जबरजस्ती यौन सम्बन्ध राखेको र यस्तो कुरा अरुलाई भनेमा जीवनभर जेल बस्नु पर्छ भनेर तर्साउने गरेको पनि उनले बताईन् । ज्योतिषी र तन्त्रमन्त्रको डर देखाएर कसैलाई नभन्नु भन्दै सिँदुर र सुपारी दिएर नभन्ने कसम ख्वाएको समेत पाइएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger