शिव सेनाको बिहीबारको बन्द फिर्ता

१८ पुस, काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका कार्यकर्तालाई रिहा गर्ने प्रशासनको आश्वासनपछि शिव सेना नेपालले बिहीबारको बन्द फिर्ता लिएको छ । नागरिक दैनिकको कार्यालयमा भएको आक्रमणमा संलग्न रहेका शिव सेना नेपालका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेपछि उसले बन्द आहृवान गरेको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी चुणामणि शर्माको रोहबरमा बुधबार भएको वार्तामा कार्यकर्ता रिहाको आश्वासन पाएृपछि बन्द फिर्ता लिइएको शिव सेना नेपालले जनाएको छ । नागरिकमाथि भएको आक्रमणमा माफी माग्दै शिव सेनाले यस्ता घटना नदोर्‍याउने प्रतिवद्धता जनाएको छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger