
..
१.कागती पानीः कागती सहजै पाइन्छ । कागती पानीको नियमित सेवनले अनुहारका पोरलाई सानो पार्दछ भने चिल्लो पदार्थबाट अनुहारलाई मुक्त राख्दछ । यसका साथै यसले अनुहारमा चमक पनि बढाउँछ । पिउनको सातै कागतीलाई अनुहारमा दल्न समेत सकिन्छ ।
२ अण्डाः अण्डा खानलाई मात्र मिठो होइन यसका गुण पनि धेरै छन् । अण्डलाई फुटाएर अनुहारमा लगाउनाले अनुहारको छाल नरम हुनुका साथै यसले मोस्चराइजिङ इफेक्ट पनि दिन्छ ।
३.महः मह सेवन र अनुहारमा लगाउनले ईनफेक्सन बाट बचाउनका साथै अनुहारको छाला नरम बनाउँछ । महलाई कागतीसंग मिसाएर प्रयोग गर्दा यसको प्रभाव अझ बढ्दछ।
४.स्ट्रवेरिजः स्ट्रवेरीमा भिटामिन सि, एन्टीअक्सिडेन्ट र एक्सफोलियन्ट्स पाइन्छ ।स्ट्रवेरीलाई धुलो पारेर अनुसार लगाउनले अनुहारको छाला सफा हुन्छ । यसका साथै अनुहारको चमकपनि यसले बढाउँछ । ५.केराः महसंग मिसाएर केरालाई अनुहारमा लगाउँदा छाला स्वस्थ र चम्किलो बन्द्छ । यसले मोस्चराइजको पनि काम गर्दछ ।
|