चुम्बनको रामकहानी

चुम्बन अर्थात् प्रेम प्रकट गर्ने सबैभन्दा उपयुक्त र सभ्यमाध्यम । यद्यपि परम्परागत समाजमा सार्वजनिक स्थलमा गरिने चुम्बन अझै सहज बनिसकेको छैन । तरपनि चुम्बन प्रेम जोडीहरुको अपरिहार्य तत्व हो । यस्तो प्रेमालापको माध्यम बनेको चुम्बनको इतिहास कस्तो होला ? यो सबैले जान्न चाहने विषय हो । सायद मानवका पूर्खामा चेतनाको विकाश भएसँगै चुम्बनगर्ने प्रक्रिया सुरु भएको होलाभन्ने अनुमानगर्न सकिन्छ । तर आधुनिक मानव सभ्यतामा चुम्बनको विकाशक्रम तथा इतिहासका बारेमा बुझ्नको लागिभने एउटा किताब नै लेखिएको छ । किस्टोरी शीर्षको उक्त किताबमा चुम्बनको इतिहास, विगतमा चुम्बनलाई हेर्ने दृष्टिकोण, विभिन्न रोचक घटनाक्रम लगायतका विषय समावेश गरिएको छ । यो पुस्तकका अनुसार सन् १५६२ मा इटालीको नेपल्स सहरमा सार्वजनिक स्थलमा चुम्बन गर्नेलाई मृत्युदण्ड दिइएको थियो । पुस्तकमा भनिएको छ, चुम्बन अर्थात kiss भन्ने शव्दजर्मन शव्द kussjan बाट आएको हो । सायद चुम्बन गर्दा आउने ध्वनीका कारण यसलाई यस्तो नाम दिइएको हुनुपर्छ । पुस्तकका अनुसार एउटा मानिसले आफ्नो जिवनकालमा ३३६ घण्टा अर्थात् १४ दिन चुम्बन गरेर बिताउँछ । चलचित्रमा पहिलो पटक सन् १९२६ मा चुम्बनको दृश्य राखिएको हो । 
चलचित्रको इतिहासमा अंग्रेजी चलचित्र नै चुम्बन दृश्य राख्ने पहिलो चलचित्र हो । सबैभन्दा बढि चुम्बनका दृश्य भएको चलचित्र डोन जुआन हो । सन् १९२६ को यो चलचित्रमा १९१ वटा चुम्बनका दृश्य समावेश थिए । नेपालीमा चुम्बन गर्नुलाई म्वाइँ खानु भनिन्छ । फ्रान्समा भने जिब्रो मिलाएर चुम्बन गर्नुलाई साबेल अर्थात् बेल्चा बेरेको भनिँदो रहेछ । विश्वमा अहिलेसम्म सबैभन्दा लामो अनवरत चुम्बन भनेको ३१ घण्टा ३० मिनेटको छ । सन् १९९० मा अल्फ्रेड उल्फ्राम नामका व्यक्तिले अमेरिकाको मिनिसोटामा भएको एक समारोहमा ८ घण्टामा ८ हजार १ जना व्यक्तिलाई चुम्बन गरेका थिए । अर्थात् उनले औषतमा एक मिनेटमा १६ जनासँग चुम्बन गरेकाथिए । जथाभावी चुम्बन स्वास्थ्यको लागि हानिकारक मानिन्छ । केवल एक पटकको मुख जोडाएर गरिने चुम्बनबाट २७८ प्रकारका व्याक्टेरिया सर्न सक्छन् । तीमध्ये धेरै हानिकारक समेत हुन्छन् । विज्ञहरुका अनुसार चुम्बनले मान्छेको आयू समेत घटाउँछ । लामो समयको चुम्बनले सरीरमा हर्मोनको मात्रा निकै बढाउँछ जुन हानिकारक हुन्छ । त्यसैले भनिन्छ एकपटकको पूर्ण चुम्बनले मान्छेको आयू एक मिनेट घटाउँछ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger