बेलायतले बाबुरामलाई समात्न सक्छ : गेसो सभापति

१६ माघ, पोखरा । गोरखा भुतपूर्व सैनिक संघ (गेसो)का सभापति पदमबहादुर गुरुङले कर्णेल कुमार लामालाई गिरफ्तार गर्ने बेलायत सरकारले प्रधानमन्त्री बाबुराम भट्टराईलाई पक्राउ गर्न सक्ने आशंका व्यक्त गर्नुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) कास्कीले मंगलबार पोखरामा आयोजना गरेको अन्तरक्रियामा बोल्दै सभापति गुरुङले यस्तो बताउनुभएको हो । कार्यक्रममा सभापति गुरुङले नेपाल अझैसम्म स्वतन्त्र राष्ट्र नभएको दाबी गर्नु हुँदै सरकार विदेशीको खेलौना बनेको गुनासोसमेत गर्नुभयो ।मानवअधिकारका नाममा नेपालका प्रहरी महानिरीक्षकलाई भिसा नदिनु र कर्णेल कुमार लामालाई पक्राउ गर्नुले बेलायतले प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पनि पक्राउ गर्न सक्ने गुरुङले आशंका व्यक्त गर्नुभयो ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger