सिन्धुलीको कर्फ्यु ३ बजे सम्मका लागि खुल्यो

२० पुस, सिन्धुली । सिन्धुली सदरमुकाम सिन्धुलिमाढीमा बिहीबार अपराहृनबाट लगार्इएको कफ्र्यू आज दिउँसो तीन बजेसम्मका लागि खुलेको छ । बिहान २ घन्टाका लागि हटार्इएको कर्फ्यु अवधि सामान्य भएकाले र तीन बजेसम्म स्थानीयलार्इ किनमेल गर्न सहजहोस भनेर कर्फ्यू हटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जानकारी दिनुभयो । पूर्ण रूपमा कर्फ्यू हटाउने विषयमा पनि अहिले छलफल भर्इरहेको छ । कारगारभित्र भएको झडपमा ज्यानमुद्दामा जेल सजाय भोगिरहेका तरुण दलका कार्यकर्ता निरज देवकोटाको मृत्यु भएपछि सदरमुकाम तनावग्रस्त बनेको थियो । कांग्रेस कार्यकर्ता र स्थानीयको प्रदर्शनका कारण तनाब बढेपछि स्थानीय प्रशासनले बिहीबार अपराहृनबाट कफ्र्यू जारी गरेको थियो ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger