मान्छेले विभिन्नअनौठा र साहसिककाम गरेर आफ्नो नाम संसारमाचिनाउन चाहन्छन् । अमेरिकाका एक जनामानिसले पनि यस्तै अनौठो काम गरेर विश्व कीर्तिमान राख्ने प्रयास गरे । क्यालिफोर्नियाका एक युवाले एक दिनमा सबैभन्दा बढि जनासँग अँगालो मारेर विश्व कीर्तिमान राख्ने प्रयास गरे, तथापि उनी सफल भने हुन सकेनन् । २५ वर्षे डेभिड प्यार्सनले आफ्नो मिल्ने साथीको सम्झनामा आलिंगनमा उत्रिएका छन् । उनकी मिल्ने साथी शारोनको दुइवर्षअघि क्यान्सरका कारण मृत्यु भएको थियो । जनवरी २० गते राति ११ बजेदेखि २१ गते राति १०:५९ बजेसम्म लगातार मान्छेहरुसँग अँगालो मार्दा उनले १ हजार जनाभन्दा बढि मान्छेसँग अँगालो मारे । उनको यो संख्या विश्व कीर्तिमान कायम गर्न निकै कमजोर सावित भयो । एक दिनमा सबैभन्दा धेरै जनासँग अँगालो मारेको कीर्तिमान अहिले जोनाथन सेक्स्टनको नाममा छ । उनले २४ घण्टामा ८ हजार ७ सय ९ जनासँग अँगालो मारेर सन् २०१० माविश्व कीर्तिमान कबनाएकाथिए ।
पहिलोपटकमा आफुले १ हजार भन्दा बढि जनासग अगालो मारेको र आफु भविष्यमा सबैभन्दा बढि जनासँग अँगालो मार्ने किर्तिमान राख्न सफलहुने दाबी डेभिडको छ । मान्छेको लागि सबैभन्दाप्रिय वस्तु भनेको मायातथा सद्भाव भएको र अँगालो मार्नुले माया र सद्भाव प्रकट गर्ने भन्दै उनले आफु यही सन्देश फैलाउन अँगालो मार्ने अभियानमा होमिएको बताए । अँगालो मार्ने अभियानबाट १ लाख डलरभन्दा बढि रकम संकलन गरी क्यान्सर पीडित बालबालिकाको उपचारमा सहयोग गर्ने धोको उनको छ ।
|