
यद्यपी पक्राउ पर्ने अधिकारीका बारेमा नेपाली सेना, परराष्ट्र मन्त्रालय लगायतका निकायले औपचारिक जानकारी गराउन चाहेनन् । मेट्रो पुलिसको प्रति आतंकबाद युनिटले यसबारे अनुसन्धान गरिरहेको बताइएको छ । लण्डनस्थित नेपाली दूतावासले पक्राउबारे पुष्टी गरे पनि उनको परिचयबारे थाहा नसकेको जनाएको छ । ‘पक्राउ गरेकोबारे पुलिसले हामीलाई सूचना दिएको छ, तर उनी को हुन भन्ने खुलाएको छैन’- दूतावासका एक अधिकारीले टेलिफोनमा भने-’हामीले बेलायती बिदेश मन्त्रालयसँग यसबारे जानकारी गराउन भनेका छौं, थप जानकारी आइसकेको छैन् ।’ उनलाई नेपाल सरकारको अनुरोधमा भने पक्राउ नगरिएको बताइएको छ । यसको अर्थ जुन देशमा अपराध गरेको भएपनि बेलायतमा उनीहरु पक्राउ पर्ने र कानुनी कारवाही हुन्छ भन्ने रहेको एपीले जनाएको छ । बेलायत सरकारले काठमाण्डौंस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाईसमेत जानकारी गराइसकेको स्रोतको दावी छ । स्रोत अनलाइनखबर
|