महिला हिंसाविरुद्ध किन मौन छन् नेपाली नायिका ?

भारतको राजधानी दिल्लीमा एक युवतीको बलात्कार भएको घटनालाई लिएर सिंगै बलिउडले आवाज उठायो । बलिउडका चर्चित महिला हस्तीहरुले दोषीलाई कारबाहीको माग गरे । नायिका करिना कपुर, जया बच्चन, दिपिका पादुकोण, पि्रयंका चोपडाजस्ता चर्चित हस्तीले महिला हिंसाविरुद्ध आवाज उठाए । यता नेपालमा बढ्दै गएको महिला हिंसा बिरुद्ध आवाज उठाउने नेपाली चलचित्रका नायिकाहरु भने निकै कम छन् । एक किसिमले भन्दा आवाजै उठ्न सकेको छैन । सामाजिक सञ्जालदेखि कुनै कार्यक्रममा पनि नायिकाहरुले आवाज उठाउने प्रयास गरेका छैनन् ।चलचित्र बिकास बोर्डको अध्यक्ष बन्न प्रधानमन्त्रीदेखि माओवादी अध्यक्षको ढोकामा पुग्ने नायिका रेखा थापाको आवाज अहिलेसम्म पनि मौन छ । नायिका नम्रता श्रेष्ठ, पूर्व मिस नेपाल माल्भिका सुब्बाले आन्दोलनमा साथ दिएको देख्न सकिन्छ । तर आफुलाई महिलावादी भन्न रुचाउने र सञ्चारमाध्यममा चर्कै अन्तर्वाता दिने नायिकाहरुको आवाज यस्तो विषयमा उठेको छैन । सामाजिक सञ्जालहरुमा आफ्ना तस्बीर र सामान्य कुरा लेख्न भ्याउने नायिकाहरुका लागि महिला हिंसाको बिषयले प्राथमिकता पाएको छैन ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger