अमेरिकाको लस एन्जेल्स सहरका एक महिला र उनको केटा साथीले बच्चालाई खोरमा थुनेर फिल्म हेर्न गएकोले प्रहरी थुनामा परेका छन् । बालबालिकाको हेरचाहमा लापरवाही गरेको भन्दै सो जोडीलाई प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले धर्म पुत्रीका रूपमा राखेका आठ वर्षीया बालिकालाई आफ्नै घरमा काठको खोरमा थुनेर राखेका थिए । उनको घरमा बच्चा बेवारिसे रहेको खबरका आधारमा प्रहरीले सो जोडीलाई पक्राउ गरेको समाचारमा जनाइएको छ । घरको सुत्ने कोठामा बनाइएको एकजना बच्चामात्र मुस्किलले अट्ने खोरमा ती बच्चा पाइएको प्रहरीले जनाएको छ । प्रहरीले बालबालिकाको राम्रो हेरचाह नगर्दा हुने कानुनी कारबाही अन्तर्गत सो जोडीलाई पक्राउ गरेको बताएको छ । सो जोडीले फिल्म हेरेर फर्किनु अगावै प्रहरीले सो घरको खानतलासी गरेर बच्चालाई एक्लै छोडेको बारेमा अनुसन्धान गरेको थियो । उनीहरू फिल्म हेरेर र्फकेपछि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । अमेरिकामा बालबालिकालाई राम्रो हेरचाह नगर्दा कानुनी कारबाही भोग्नुपर्दछ । रासस
|